भारतमा चट्याङ लागेर २० जनाको ज्यान गयो

भारतमा चट्याङ लागेर २० जनाको ज्यान गयो

काठमाडौं। भारतमा २४ घण्टामा चट्याङ लागेर २० जनाको ज्यान गएको छ।

नेपालको दक्षिणी सिमामा पर्ने भारतको विहार राज्यका विभिन्न आठ जिल्लामा वितेको २४ घण्टामा चट्याङ लागेर कम्तिामा २० जनाको ज्यान गएको हो।

त्यहाँ आज बुधबार र भोली चट्याङ सहित ठुलो बर्षाको सम्भावना रहेको भन्दै मुख्यमन्त्री नितिश कुमारले, प्रकोप व्यवस्थापन अधिकारीले दिएको सुझाव पालना गर्न आग्रह गरेका छन्।

उनले ज्यान गुमाउनेका परिवारलाई जनहि ४ लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।
भारतमा हरेक मनसुनमा सयौ मानिसको चट्याङका कारण ज्यान जाने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved