कोरोना संक्रमण निरन्तर बढ्दो, थप एकजनाको मृत्यु

नेपालभ्युज

कोरोना संक्रमण निरन्तर बढ्दो, थप एकजनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रम जारी छ । पछिल्लो पटक एकैदिन ५ सय ६८ संक्रमित थपिएका छन् । ४८०० नमूना परीक्षण गर्दा १२ प्रतिशत भन्दा बढीमा संक्रमण भेटिएको हो ।

नयाँ संक्रमितमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा छन् ।  सक्रिय संक्रमितको संख्या ३५ सय ३४ पुगेको छ । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । गम्भीर अवस्थाका विरामी पनि बढेका छन् । २७ जनाको आइसीयू र २ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन संक्रमणबाट २ जनाको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved