पाकिस्तानले विदेशी मुलुकलाई सरकारी कम्पनी बेच्ने, इमरान खानको विरोध

नेपालभ्युज

पाकिस्तानले विदेशी मुलुकलाई सरकारी कम्पनी बेच्ने, इमरान खानको विरोध

काठमाडौं। पाकिस्तानको मन्त्रिपरिषद्ले सरकारी सम्पत्ति बेच्न बाटो खोलिदिने एक अध्यादेश ल्याएको छ। क्याबिनेटले सरकारी सम्पत्ति विदेशी मुलुकलाई बेचेर देशलाई टाट पल्टिनबाट जोगाउन यो अध्यादेश ल्याएको भनिएको छ। अध्यादेशमा विदेशीलाई सरकारी कम्पनी बिक्री गर्दा आकर्षित हुने ६ नियामक जाँच नहुने व्यवस्था गरेको छ।

अध्यादेश लागू गरेर पाकिस्तानले आफ्नो तेल र ग्यास कम्पनीहरू संयुक्त अरब इमिरेट्स (युएई) लाई बेच्न लागेको आशंका गरिएको छ।
यसका अतिरिक्त साउदी अरेबिया र चीन जस्ता देशहरूलाई पनि केही कम्पनी बेचिने प्रक्षेपण गरिँदैछ।

मिडिया रिपोर्टका अनुसार शहबाज शरीफले देशमा घट्दै गएको विदेशी मुद्राको सञ्चिति बढाउन र देशलाई टाट पल्टिनबाट रोक्न यो निर्णय लिएका हुन्।
समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पेट्रोलियम लिमिटेड, आयल ग्यास डेभलपमेन्ट कम्पनी लिमिटेड र मुरी ग्यास कम्पनी सुरुवाती चरणमा बिक्री गरिने चर्चा छ। एक अनुमानअनुसार यी कम्पनीहरू बेचेर शरीफ सरकारले २ देखि २ दशमलव ५ अर्ब डलर पाउनेछ। यसबाट केही महिना देश टाट पल्टिनबाट बच्नेछ।

सरकारले यी कम्पनीलाई विना बाधा बेच्न सक्ने गरी अध्यादेशमा व्यवस्था गरिएको समाचारहरुमा जनाइएको छ। अध्यादेशलाई अदालतमा चुनौती दिन नमिल्ने गरी ल्याइएको छ। त्यस्तै यस अध्यादेश अन्तर्गतका बेचबिखनमा कुनै पनि अनुसन्धान एजेन्सी, भ्रष्टाचार विरोधी एजेन्सीले अनुसन्धान गर्न नपाउने भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved