साढे ३ वर्षीया बालिका बलात्कृत, १४ वर्षीय किशोर पक्राउ

नेपालभ्युज

काठमाडौं। अर्घाखाँची घर भएर दाङस्थित मामा घर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत भएकी छन्। जिल्लाको बबई गाउँपालिका–४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीय किशोरले शनिबार दिउँसो बलात्कार गरेका थिए।

पीडित बालिकाको नेपालगन्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। बलात्कारपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका थिए। बालिकाको टाउकोमा चोटसमेत लागेको छ।

पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भिक उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved