काठमाडौं। आपत्कालीन शल्यक्रिया आवश्यक भएकी एक महिलालाई अमेरिकाबाट विमानमा राखेर भारत ल्याइएको छ। उनको उडान २६ घण्टा लामो थियो र उडानका क्रममा विमान बाटोमा तीन पटक रोकिएको जनाइएको छ।
ती ६७ वर्षीया महिलाको पहिचान खुलाइएको छैन। उक्त जहाज अमेरिकाबाट उडेपछि शुरुमा आइसल्यान्डमा र दुई पटक टर्कीमा रोकिएको थियो। त्यसपछि मङ्गलबार बिहान दक्षिणी भारतीय सहर चेन्नई पुग्यो।
ती महिला अहिले चेन्नईको अपोलो अस्पतालमा शल्यक्रियाको पालो कुरिरहेकी छन्।
अहिले उनको अवस्था स्थिर रहेको अस्पतालका प्रवक्ताले बताएका छन्। “मुटुको भल्भमा समस्या देखिएपछि उनलाई अमेरिकामा आईसीयूमा भर्ना गरिएको थियो।
उनको परिवार जुलाई ५ देखि हाम्रा मुटुरोग विशेषज्ञ डा. साई सतीशसँग सम्पर्कमा थियो। उनीहरू मुटुको भल्भको उपचार गराउन यहाँ आएका थिए“ अस्पतालका एक अधिकारीले बताएका छन्।
Facebook Comment
Comment