नेपालमा कस्तो छ कोरोना संक्रमणको अवस्था? कुन भाइरस फैलिरहेको छ?

नेपालभ्युज

नेपालमा कस्तो छ कोरोना संक्रमणको अवस्था? कुन भाइरस फैलिरहेको छ?

काठमाडौं। देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ८४१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित सङ्ख्या तीन हजार नजिक पुगेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरणअनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २,५०० नाघेको थियो। शुक्रबार ४५६ थपिए। तीमध्ये अधिकांश काठमाडौंमा छन्। पछिल्ला दिन दैनिक ४ सय हाराहारीमा संक्रमित थपिइरहेका छन्।
गत असार पहिलो सातादेखि सङ्क्रमण पुष्टि हुने दर क्रमशः बढ्न थालेको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार बिहीबार अपराह्णसम्म आईसीयूमा हुने बिरामीको सङ्ख्या १९ थियो। तीमध्ये १७ जना बागमती प्रदेशका अस्पताल र एक–एक जना प्रदेश नं १ र सुदूरपश्चिममा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ शुक्रवार मध्याह्नसम्म कोभिड भएका छ बिरामी उपचाररत थिए। तीमध्ये तीन जना आईसीयूमा रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

कोरोनाको कुन भाइरस फैलिइरहेको छ?

नेपालमा कोभिड पुष्टि हुने दर फेरि बढिरहेको बेला ओमिक्रोन कोरोनाभाइरसको नयाँ उपप्रकार (सब–भेरिअन्ट) पनि फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त कोरोनाभाइरस निकै सङ्क्रामक भएको बताइन्छ।

धुलिखेल अस्पतालस्थित प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा ओमिक्रोन बीए फाइभ (BA=5) भेरिअन्टको नयाँ उपप्रकार बीएफ वन (BF=1) नेपालमा पनि देखा फैलिएको पुष्टि भएको हो।

ओमिक्रोनको यो उपप्रकार पहिलो पटक गत जुन महिनामा मात्र पहिचान भएको थियो। धुलिखेल अस्पतालको अनुसन्धान प्रयोगशाला प्रमुख एवं सङ्क्रामक रोग विज्ञ डा. राजीव श्रेष्ठका अनुसार बीएफ वन ओमिक्रोन बीए फाइफभन्दा झन्डै ३५ प्रतिशत बढी सङ्क्रामक हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved