तातो हावा चल्दा स्पेन र पोर्चुगलमा १ हजार ७ सयको मृत्यु

नेपालभ्युज

तातो हावा चल्दा स्पेन र पोर्चुगलमा १ हजार ७ सयको मृत्यु

काठमाडौं। तातो हावा चल्दा स्पेन र पोर्चुगलमा एक साताभित्र १ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ। सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ।

विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएपछि आगो लागेको हो। सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ।

जसको कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका विदेशी समाचार माध्यमहरूले जनाएका छन्।
तातो हावा चलेको कारण मृत्यु हुनेहरूको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ। जसले मुत्यु हुनेहरूको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ।

स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भैसकेको छ। पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved