निर्माणाधीन खानेपानीको ट्यांकीमा डुबेर दाजुबहिनीको मृत्यु

दुल्लु नगरपालिका–३ सियालाका बखत महतका छोरा १३ वर्षीय दिनेश र छोरी ९ वर्षीया अनिताको सोमबार बेलुका खानेपानीको ट्यांकीमा डुबेर मृत्यु हो।

नेपालभ्युज

निर्माणाधीन खानेपानीको ट्यांकीमा डुबेर दाजुबहिनीको मृत्यु
प्रतिकात्मक तस्बिर

सुर्खेत। निर्माणाधीन खानेपानीको ट्यांकीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ।

दुल्लु नगरपालिका–३ सियालाका बखत महतका छोरा १३ वर्षीय दिनेश र छोरी ९ वर्षीया अनिताको सोमबार बेलुका खानेपानीको ट्यांकीमा डुबेर मृत्यु हो।

कर्णाली–कोटाछाल–दुल्लु लिप्टिङ खानेपानी आयोजनाको निर्माणाधीन ट्यांकीमा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वर शाहले बताए।

दिनेश कक्षा ५ मा र २ कक्षामा पढ्ने अनिता अभिभावकसँगै रोपाइँका लागि गएका बेला खेल्ने क्रममा दुर्घटना भएको प्रहरी प्रमुख शाहले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved