सुबास नेम्बाङ भन्छन् – सरकारका एक-एक गलत कामको हिसाब राखेका छौं

सत्ता गठबन्धन गलत भएको बताउँदै उनले गठबन्धन भत्कियोस् भन्ने चाहना भएको उनले बताए।

नेपालभ्युज

सुबास नेम्बाङ भन्छन् – सरकारका एक-एक गलत कामको हिसाब राखेका छौं

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले सरकारका एक-एक गलत कामको आफूहरूले हिसाब राखेको बताएका छन्। उनले आगामी निर्वाचनमा सरकारले गरेका एक–एक हिसाब लिएर जनतामाझ जाने बताए।

शुक्रबार संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै नेम्बाङले सरकारले गरेका गलत कामहरूको बहिखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसाबकिताब बुझाउने तर्क गरे। उनले सरकारले गलत गरेका धेरै कामहरू रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताए।

नेम्बाङले अब समयमा नै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे। सत्ता गठबन्धन गलत भएको बताउँदै उनले गठबन्धन भत्कियोस् भन्ने चाहना भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved