अध्यक्ष तिमिल्सिना र नवनियुक्त भारतीय राजदूतबीच भेटवार्ता

‘‘नेपाल–भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामी मध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’’

नेपालभ्युज

अध्यक्ष तिमिल्सिना र नवनियुक्त भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार अध्यक्ष तिमिल्सिना र श्रीवास्तवबीच भेटवार्ता भएको हो।

भेटमा अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।

अध्यक्ष तिमिल्सनाले नेपाल–भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रहेको बताए। उनले भने, ‘‘नेपाल–भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामी मध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’’

छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ अन्तर्गत छिमेकीहरु संगको सम्बन्धलाई विशेष महत्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रसंशा गरे।

‘‘नेपाल र भारतबीचको बहुआयामिक एवं गहन सम्बन्धका विविध आयामलाई सुदृढ तुल्याउन दुई देशको सरकारले प्रथामिकता दिइरहेको छ,’’ उनले भने, ‘‘त्यसको उदाहरणका लागि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू नेपाललाई प्रथामिकता दिएर पाँचपटक राजनीतिक तथा धार्मिक भ्रमण गरिसक्नु भएको छ। नेपालको तर्फबाट पनि उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्।’’

अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सिमा क्षेत्रमा वर्षेनी बाढी र डुबान कारणमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालिन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताहरुको कार्यन्वयन आवश्यक रहेको बताए।

राजदूत श्रीवास्तवले नेपाल-भारतबीचको लामो र मित्रवत् सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने उल्लेख बताए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved