साढे २ वर्षपछि प्रतिनिधिसभाले आज उपसभामुख पाउँदै

अंकगणित अनुसार सत्तारुढ गठबन्धनकी उम्मेदवार भुसालको जित निश्चित

करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले आज उपसभामुख पाउँदै छ। आज शुक्रबार दिउँसो हुने निर्वाचनपछि साढे २ वर्ष देखि रिक्त रहेको उपसभामुख पाउने भएको हो।

नेपालभ्युज

साढे २ वर्षपछि प्रतिनिधिसभाले आज उपसभामुख पाउँदै

काठमाडौं। करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले आज उपसभामुख पाउँदै छ। आज शुक्रबार दिउँसो हुने निर्वाचनपछि साढे २ वर्ष देखि रिक्त रहेको उपसभामुख पाउने भएको हो।

रिक्त रहेको उपसभामुख पदका लागि प्रतिनिधिसभामा आज शुक्रबार ३ बजे निर्वाचन हुँदैछ । उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराएकी छन्। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन् । त्यसपछि रित्त पदपूर्तिको लागि चुनाव हुन लागेको हो।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। हाल २ सय ७१ सांसद छन्। जसको बहुमत १ सय ३६ हो। सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन्।

यसकारण प्रतिनिधिसभाको अंकगणित अनुसार गठबन्धनकी उम्मेदवार भुसालको जित सुनिश्चित छ। गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्। एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन्। त्यसमा पनि सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा संलग्न छन्।
१३ सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने गठबन्धनका नेताहरूले दाबी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved