उपेन्द्र यादवको कदमबारे बाबुराम पक्षको प्रतिक्रिया- हास्यास्पद निर्णय

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई निष्कासन गरेपछि सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले हास्यास्पद निर्णय भनेको छ।

नेपालभ्युज

उपेन्द्र यादवको कदमबारे बाबुराम पक्षको प्रतिक्रिया- हास्यास्पद निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई निष्कासन गरेपछि सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले हास्यास्पद निर्णय भनेको छ। पार्टीमा कसैलाई कारबाही गर्दा एकपटक स्पष्टीकरणको मौका दिइने भए पनि प्रक्रिया पुरा नभएको सो पक्षले जनाएको छ।

बाबुराम पक्षका नेता प्रशान्त सिंहले भने, ‘‘उपेन्द्रजीले आज गर्नुभएको निर्णय हास्यास्पद हो, पार्टीबाट कसैलाई कारबाही गर्दा वा निकाल्दा त्यसको विधि र प्रक्रिया हुन्छ। जसपा उपेन्द्र यादवको प्राइभेट कम्पनी हो, जुनबेला जसलाई मन लाग्यो निकालिदिने जसलाई मन लाग्या राखिदिने गर्नुहुन्छ, यही कुराको विरोध हामी सुरुदेखि गर्दै आएका हौँ।’’

बाबुराम भट्टराई पक्षले अब नयाँ ढङ्गबाट अगाडि बढ्ने सोच बनाई सकेको बताइएको छ। बाबुराम पक्षले काठमाडौँको जडीबुटीमा आयोजना गरेको विस्तारित बैठकले वार्ता र छलफलका लागि आह्वान गरेको थियो।

नेता भट्टरार्ईले पार्टीलाई विभाजन हुनबाट जोगाउन वार्ता र संवादका लागि आह्वान गरेका थिए। वीरगञ्जमा भएको उपेन्द्र पक्षको बैठकले बाबुरामसहित नौ जनालाई कारबाही गरेपछि यस्तो प्रतिक्रिया दिएको हो। यस विषयमा शुक्रबार बाबुराम पक्षको बैठक बसेर नयाँ पार्टी गठन गर्नेबारे निर्णय लिने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved