स्पष्टीकरणबारे राप्रपाका तीन नेताको जवाफ : नाङ्लो ठटाएर हात्ती तर्साउने खेल

बुधबार पार्टीको हितविपरीत कार्यहरू गरेको भन्दै चार नेतालाई राप्रपाले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेपालभ्युज

स्पष्टीकरणबारे राप्रपाका तीन नेताको जवाफ : नाङ्लो ठटाएर हात्ती तर्साउने खेल

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्पष्टीकरण सोधेको तीन नेताले जवाफ फर्काएका छन्।

बुधबार पार्टीको हितविपरीत कार्यहरू गरेको भन्दै नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, दिलविकास राजभण्डारी र राजाराम श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेताहरु गिरी, राजभण्डारी र तिमिल्सिनाले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी पार्टीको निर्णयको विरोध गरेका छन्। पार्टी परिधिभित्रै रहेर छलफल गरेकै आधारमा पार्टी हितविपरीत काम भयो भन्दै अनुशासनहिनताको जलप लगाएर पूर्वाग्रही ढंगले असहिष्णु भइ चलाउने दुष्प्रयास भएको उनीहरुको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नेतृत्व अप्रजातान्त्रिक र सर्वसत्तावादी छ भन्ने स्पष्ट सन्देश यो स्पष्टीकरणबाट छर्लङ्ग हुन्छ। नेतृत्व सच्चिन त परै जाओस् थप निरंकुश बन्न खोजेको स्पष्ट भएको छ। यो ‘‘नाङ्लो ठटाएर हात्ती तर्साउने’’ सस्तो र तल्लो स्तरको खेल बाहेक केही होइन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved