स्वतन्त्रमाथि ओलीको टिप्पणी : ठूलो र जान्ने देखिन नेतालाई गाली

नेपालभ्युज

स्वतन्त्रमाथि ओलीको टिप्पणी : ठूलो र जान्ने देखिन नेतालाई गाली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू जान्ने र ठूलो देखिन राजनीतिक दलका नेताहरूलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन्।

मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै दलका नेतालाई गाली गरेर आफू ठूलो बन्न खोज्ने प्रवृत्ति बढेको बताएका हुन्।

‘‘अहिले ठुलो बन्न, जान्ने हुन राजनीतिक दलका नेतालाई गाली गर्ने चलन छ, जुन राम्रो होइन’’, उनले भने, ‘‘दलहरूको आवश्यकता हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ।’’

पछिल्लो समय राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउन प्रवृत्ति बढेको ओलीको भनाइ छ। उनले दलहरूकै संघर्ष र योगदानका कारण परिवर्तन र रुपान्तरण सम्भव भएको बताए।

कार्यक्रममा उनले आफूले अहिलेसम्म मानवअधिकार उल्लंघन नगरेको दाबी समेत गरे।

‘‘मेरो अहिलेसम्मको लडाईँ मानवअधिकारकै लागि हो। मैले अहिलेसम्म मानवअधिकार उल्लंघन गरेको छैन, गर्दिनँ पनि’’, उनले भने, ‘‘उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved