नेपालमा २ जनामा ओमिक्रोनको नयाँ प्रजाति पुष्टि

नेपालभ्युज

नेपालमा २ जनामा ओमिक्रोनको नयाँ प्रजाति पुष्टि

काठमाडौं। नेपालमा दुई जनामा कोरोना भाइरसको ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ।

बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले थप दुई ओटा नमूनामा उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको जानकारी दिइन्। उनका अनुसार मंगलबार ३२ ओटा प्राप्त नमूना मध्ये २ ओटा नमुनामा बीए फाइभ’ पुष्टि पाइएको हो।

अन्य २८ ओटा नमूनामा बीए २ र बाँकी दुईबाटमा बीए १ पुष्टि भएको बताइएको छ। अध्ययनले उक्त भेरियन्ट अन्य ओमिक्रोनको प्रजातिभन्दा संक्रामक रहेको देखाएको बताउँदै प्रवक्ता डा. मिश्राले सतर्कता अपनाउन आग्रह गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved