माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ।

नेपालभ्युज

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ।

मंगलबार स्थगित गरी बुधबार १ बजेका लागि निर्धारित बैठक पुनः स्थगित भएको हो। अर्को बैठक बिहीबार बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

बैठकको शुरुको दिन आइतबार अध्यक्ष दाहालले १० पेजको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उनको प्रतिवेदनमाथि छलफल हुने र केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम थियो। तर पार्टीका शीर्ष नेताहरु संसद् बैठकमा व्यस्त हुने भएपछि आज पनि बैठक बस्न सकेन ।

बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग उठेको थियो। पदाधिकारी चयनलगायतका विषयमा सहमति जुटाउनका लागि अध्यक्ष दाहालको निवास खुमलटारमा मंगलबार पार्टीका पूर्वस्थायी समितिको बैठक समेत बसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved