अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : गगन थापा

नेपाल भ्युज

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : गगन थापा
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सीसीटीभीको फुजेट नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन्।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सीसीटीभीको फुजेट १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताएका हुन्।

उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे। संसद्‌ले पारित गरेको बजटेको करको बिषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानबिनबाटै निष्कर्षमा पुराउनुपर्ने जिकिर गरे।

उनले तीन महिनाको सीसीटीभीको फुजेट राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved