एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एनटीसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ। यस सुविधामार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन्।

नेपालभ्युज

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एनटीसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ।

यस सुविधामार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन्।

एनआईसी एशिया मोबैंक एपअन्तर्गत बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, ई–कमर्स एक्टिभेसन, प्रोग्रेस ट्रेकिङ आदिजस्ता सुविधाहरू निःशुल्क लिन सकिने बैंकले जनाएको छ ।

साथै, ग्राहकले शेयरमा आवेदन दिन, कार्डलेस विथड्रलको प्रयोग गर्न सक्नेछन् सक्नुहुनेछ र एपमा रहेको ‘कस्टोमर केयर’ बाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन्।

यस्तै, आइसर्भमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू, ग्राहक सम्बन्धी सेवाहरू, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टम चेक पेमेन्ट, टेलर सेवाहरू र कार्डसम्बन्धी सेवाहरू, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेविट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाइ ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन्।

बैंकको वेबसाइटबाट ग्राहकहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन्। इन्टरनेट बैंकिङमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ।

बैंकले ग्राहकहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको उक्त सेवाहरू एनटीसी र एसीईएलएलका ग्राहकहरूलाई उपलब्ध हुनेछ।

साथै, यी उल्लेखितबाहेकका अन्य सेवाहरू लिदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरूको हकमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved