निहुरो टिप्न गएका नेपालीमाथि भारतीय जंगलमा गोली प्रहार, एक जनाको मृत्यु

नेपाल भ्युज

निहुरो टिप्न गएका नेपालीमाथि भारतीय जंगलमा गोली प्रहार, एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर ।

सुर्खेत। बर्दियामा निहुरो टिप्न गएका नेपालीमाथि भारतीय जंगलमा गोली प्रहार हुँदा एक जनाको मृत्यु छ।

बर्दियासँग सिमाना जोडिएको भारतको मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको हो।

बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। “अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको हो,” उनले भने, “उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको छ।”

भारतीय जंगलमा गोली लागेपछि भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेरमा बेहोस भएका थिए। बेहोस भएपछि उपचारका लागि उनलाई गुलरिया अस्पतालमा लगिएको थियो। उनको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो।

उनलाई गोली प्रहार गरिएको वन क्षेत्र कतरनिया वन्यजन्तु आरक्ष भित्र पर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved