माधव नेपालले बर्खास्त गरेका पूर्वमन्त्रीको फुर्सद

झाँक्री टिकटक लाइभमा, आल‍े र किसान घरमै व्यस्त, खतिवडा लागे हेटौँडा

समय कटाउनकै लागि झाँक्री सामाजिक सञ्जाल टिकटकमा समेत लाइभ बस्दै आएकी छिन्। उनी आफ्नो खाली समय टिकटक लाइभमा फलोअर्ससँग गफिएर बिताउँदै आएकी छिन्। रुँदै पत्रकार सम्मेलन गरेकी झाँक्रीको चर्चा सामाजिक सञ्जालमा सेलाउन नपाउँदै टिकटक लाइभबारे पुन चर्चा शुरु भएको छ।

नेपाल भ्युज

झाँक्री टिकटक लाइभमा, आल‍े र किसान घरमै व्यस्त, खतिवडा लागे हेटौँडा

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको सरकारबाट फिर्ता भएका नेकपा (एकीकृत समाजवादी) का चार पूर्वमन्त्रीहरू यतिबेला फुर्सदमा छन्।

आफ्नो असहमति हुँदाहुँदै पदबाट हटाएको भन्दै उनीहरूले आफ्नै पार्टी अध्यक्ष माधव नेपालसँग ‘बोलचाल नै बन्द‘ गरेका छन्।

पार्टीले फिर्ता बोलाएपछि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शरणमा परे पनि पद नजोगिएपछि राजीनामा दिनुपर्दा कतिपय मन्त्रीले आँसुसमेत झारेका थिए।

पदमा रहँदा मन्त्रालयको काम, उद्घाटन, अवलोकन, बैठक, भेटघाटलगायतका व्यस्त मन्त्रीहरू अहिले पदमुक्त भएलगतै खाली हात भएका छन्। सभामुख अग्नि सापकोटा विदेश गएकाले अहिले संसद बैठक पनि छैन। पदबाट हटेपछि सबैजसो मन्त्रीहरू आफ्नै घरमै समय कटाइरहेका छन्।

नेकपा एसका उपाध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडालाई फुर्सद मिलेपछि गृहजिल्ला मकवानपुर गएका छन्। किसान श्रेष्ठ र प्रेम आले पनि काठमाडौँस्थित घरमै छन्। पदमा हुँदाजस्तो नेता कार्यकर्ताको लावालस्कर घरमा नभए पनि केही कार्यकर्ताहरू भने भेट्न पुगिरहेका देखिन्छन्।

पार्टी सचिवसमेत रहेकी पूर्व सहरी बिकाशमन्त्री रामकुमारी झाँक्रीलाई पनि पदबाट हटेपछि समय कटाउन मुस्किल छ। उनी प्राय: शखमूलस्थित घरमै भेटिन्छिन्। समय कटाउनकै लागि उनले सामाजिक सञ्जाल टिकटकमा समेत लाइभ बस्दै आएकी छिन्।

झाँक्री आफ्नो खाली समय टिकटक लाइभमा फलोअर्ससँग गफिएर बिताउँदै आएकी छिन्। त्यसबाहेक अध्ययन तथा कार्यकर्ता भेटघाटमा व्यस्त रहेको उनी बताउँछिन्। दबाबमा राजीनामा बुझाएपछि रुँदै पत्रकार सम्मेलन गरेको झाँक्रीको चर्चा सामाजिक सञ्जालमा नसेलाउँदै उनको टिकटक लाइभबारे पुन चर्चा शुरु भएको छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved