माधव नेपालसँग बोल्नै छाडे बर्खास्त गरिएका मन्त्रीहरू

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरु आफूसँग बोल्नै छाडेको बताएका छन्।

नेपाल भ्युज

माधव नेपालसँग बोल्नै छाडे बर्खास्त गरिएका मन्त्रीहरू

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरु आफूसँग बोल्नै छाडेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले नेकपा एसबाट मन्त्री बनेर फिर्ता भएकाहरु आफू लगायतका नेताहरुसँग राम्राेसँग बोल्नै छाडेको गुनासो गरेका हुन्।

मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको उनले बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले फिर्ता भएका चारैजना मन्त्रीहरुले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा सहभागी गराइएको स्पष्ट भन्नुपर्ने समेत बताए।

नेकपा एसबाट मन्त्री बनेका प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र विरोध खतिवडा तीन दिनअघि फिर्ता भएका थिए।

अहिले नेकपा एसबाट पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकासमन्त्रीमा मेटमणि चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर र हीराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बनेका छन्। केसीलाई अहिले स्वास्थ्य राज्यमन्त्री बनाएर हाल राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved