कांग्रेसको पुच्छर समाएर देश विकास हुँदैन : वामदेव गौतम

‘‘नेपाली कांग्रेसको पुच्छर समातेर देश विकास हुनै सक्दैन। विकास गर्न सक्ने क्षमता कांग्रेससँग छैन।’’

नेपालभ्युज

कांग्रेसको पुच्छर समाएर देश विकास हुँदैन : वामदेव गौतम
फाइल तस्वीर

काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाली कांग्रेसको पछि लागेर देश विकास नहुने बताएका छन्।

‘‘नेपाली कांग्रेसको पुच्छर समातेर देश विकास हुनै सक्दैन। विकास गर्न सक्ने क्षमता कांग्रेससँग छैन,’’ मंगलबार पार्टी घोषणा कार्यक्रममा नेता गौतमले भने।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा विभाजन भएको आरोप समेत लगाए।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा विभाजन भएको आरोप समेत लगाए। कम्युनिष्ट एकताका लागि आफू लागि परेको बताउँदै उनले पार्टी एकता भए अझै पनि कम्यनिष्ट पार्टीले नै बहुमत ल्याउने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved