भिरबाट लडेर एक मजदुरको मृत्यु

लामाबगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

भिरबाट लडेर एक मजदुरको मृत्यु
सांकेतिक तस्वीर।

चरीकोट। दोलखाको विगु गाउँपालिका–१ लामाबगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

लामाबगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेडागाड नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

लामाबगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिए।

तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो।

हाल शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved