प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभामा विभिन्न प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।
लोक सेवा आयोगको बैसठ्ठी औँ वार्षिक प्रतिवेदन, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, लोक सेवा आयोग विधेयकलगायत प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभामा विभिन्न प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।
लोक सेवा आयोगको बैसठ्ठी औँ वार्षिक प्रतिवेदन, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, लोक सेवा आयोग विधेयकलगायत प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको बैसठ्ठी औँ वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)’ पेश गर्नेछन्।

यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved