फोहोर गर्नेहरुबाटै पैसा उठाएर व्यवस्थापन गर्नुपर्छ : मन्त्री झाँक्री

‘‘हामीले अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौँ पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ।’’

नेपालभ्युज

फोहोर गर्नेहरुबाटै पैसा उठाएर व्यवस्थापन गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोर गर्नेहरुबाटै पैसा उठाएर व्यवस्थापन गर्नुपर्ने बताएकी छन्।

बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनमा धेरै खर्च हुने भन्दै फोहोर गर्नेहरुबाटै पैसा उठाएर व्यवस्थापन गर्नुपर्ने बताएकी हुन्।

‘‘शहरका समस्या विकराल छन्। शहरमा बस्नेहरु फोहोर गर्छन्। फोहोरहरु ढलको माध्यमबाट खोलामा, सुख्खा फोहोरहरु बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेको छ’’, मन्त्री झाँक्रीले भनिन्, ‘‘हामीले अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौँ पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ।’’

मन्त्री झाँक्रीले फोहोर विसर्जन गर्ने समस्या गरिबी निवारणभन्दा झन् ठुलो भएको बताइन्। गरिबी हटाउनका लागि लगानी गर्नुपर्ने सरकारको शक्ति, सामर्थ्य, ऋण, आम्दानीको अतिरिक्त खर्च फोहोर व्यवस्थापनमा लाग्ने उनको भनाइ छ।

‘‘यहाँको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्दा त्यहाँका सामाजिक मुद्दा सम्बोधन गर्नुपर्छ। खोलामा ढल मिसाइएको छ। यसको ट्रिटमेन्ट गर्न ऋण लिएर ट्रिटमेण्ट प्लान्ट बनाउनुपर्छ’’, उनले भनिन्, ‘‘ यसका लागि खर्च धेरै लाग्छ। यो हामी सुल्टो बाटोमा हिँडेका होइनौँ, बाध्यता हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved