नगरसभा सम्पन्न भएकोमा सार्वजनिक बिदा !

९ असारमा नगरपालिकाको ११ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपालभ्युज

नगरसभा सम्पन्न भएकोमा सार्वजनिक बिदा !

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सम्पन्न भएकोमा सार्वजनिक बिदा दिएको छ।

९ असारमा नगरपालिकाको ११ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

‘‘यस बाह्रविसे नगरपालिकाको मिति २०७९/३/९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ’, नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved