फिफा वरीयतामा नेपाल ८ स्थान तल खस्कियो

नेपालभ्युज

फिफा वरीयतामा नेपाल ८ स्थान तल खस्कियो

काठमाडौं। नेपाल फिफा वरीयताक्रममा ८ स्थान तल झरेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको यस महीनाको वरीयतामा नेपाल १७६ औँ स्थानमा पुगेको छ।

यस जुन महीनामा नेपालले एसियन कपको छनोटअन्तर्गत खेलेका तीन ओटै खेलमा पराजय भोगेको थियो। यसको आधारमा नेपालको वरीयता खस्किएको हो। नेपाल छनोट खेलमा जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इण्डोनेसियासँग ७–० ले पराजित भएको थियो।

दक्षिण एसियामा भारत र माल्दिभ्स् नेपालभन्दा माथि छन्। भारत १०४ औं स्थानमा र माल्दिभ्स् १५६ औँ स्थानमा छन्। पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटान नेपालभन्दा पछाडी छन्।

गत महीना नेपाल १६८ औँ स्थानमा थियो। विश्व वरीयतामा ब्राजिल पहिलो र बेल्जियम दोस्रो स्थानमा कायमै छन्। त्यसैगरी अर्जेन्टिना एक स्थान माथि उक्लिँदै तेस्रो स्थानमा पुगेको छ। विश्व विजेता फ्रान्स चौथो स्थानमा झरेको छ भने इंल्याण्ड पाँचौ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved