प्रशिक्षक अलमुताइरीले निकालेका खेलाडीलाई फिर्ता बोलाउने एन्फा बैठकको पहिलो निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो बैठकले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

नेपाल भ्यूज

प्रशिक्षक अलमुताइरीले निकालेका खेलाडीलाई फिर्ता बोलाउने एन्फा बैठकको पहिलो निर्णय

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो बैठकले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्दसहित १० खेलाडी तथा उनीहरूको समर्थन गरेको भन्दै कप्तान किरण चेम्जोङलाई राष्ट्रिय टोलीबाट बाहिर निकालेका थिए।

प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अञ्जन विष्टलाई टिमबाट निकालिएको थियो।

त्यस्तै, बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा अलमुताइरी र कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई निर्देशन दिएको छ। बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीद्र जोशी र विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई  नियुक्त गरेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved