‘टेलिभिजनको पर्दाबाट नेतालाई सप्रिनुस् भन्दा नमानेपछि राजनीतिमा आएँ’

नेपालभ्युज

काठमाडौं। पत्रकारिता छाडेर राजनीतिमा होमिएका सञ्चारकर्मी रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन्। आज राष्ट्रिय सभागृहमा उनले, “राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ। यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ। मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस्। हिलो सफा गरेर मात्र निस्कन्छु।”

टेलिभिजनको पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिन आग्रह गर्दा पनि नसप्रिएपछि आफू नै राजनीतिमा आउनुपरेको उनले बताए। भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जान आफूलाई सहयोग गर्न पनि उनले सबैलाई आग्रह गरे।

आफूले जति रोएको मान्छे कसैले पनि नदेखेको उनले त्यहाँ दाबी गरे। भने, “मेरो कार्यालयमा हरेक दिन मान्छेहरू मलाई भेट्नुअघि मेरो २ मिनेट रुने गर्थे। मेरो कार्यालयको अर्कोपट्टि बालुवाटारमा राज्यको जिम्मेवार व्यक्तिको कार्यालयमा मान्छेको भीड लाग्दैनथ्यो।”

अस्पतालजस्तो ठाउँमा समेत पनि सोर्सफोर्स लगाउनुपर्ने भन्दै उनले गुनासो गरे। आफू चुनावमा जाने दिन देशको नक्सा देखाएर जानेसमेत उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved