सरकारको हुर्मत लिने र लोकप्रिय बजेट कार्यान्वयन हुन नदिने प्रवृत्ति देखियो : अर्थमन्त्री

नेपालभ्युज

सरकारको हुर्मत लिने र लोकप्रिय बजेट कार्यान्वयन हुन नदिने प्रवृत्ति देखियो : अर्थमन्त्री
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले जनतालाई हेरेर बजेट बनाइएको दाबी गर्दै लोकप्रिय बजेट कार्यान्वयन हुनबाट रोक्न खोजिएको आरोप लगाएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकारले बनाएको बजेट किसान, मजदुर, व्यवसायीको हितमा रहेको दाबी गरे। उनले नयाँ नयाँ कथा बुनेर सरकारको हुर्मत लिने र लोकप्रिय बजेटलाई कार्यान्वयन हुन नदिने प्रवृत्ति देखिएको बताए।

यसैगरी ओम्नी, यति, बालुवाटार जग्गा प्रकरणलगायतको छानबिन गर्नसमेत सरकार तयार रहेको उनले बताए।

उनले किसान, गरिब, मजदुर, व्यवसायी सबैको हितलाई केन्द्रमा राखेर बजेट बनाएको भन्दै आफूले जनतालाई केन्द्रमा राखिएको बताए। उनले केही विषय छूटेको भए वा कमजोरी भएको भए त्यसमा सुधार गर्न सकिने दृढता व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved