सुर्खेत। कालिकोटमा आमाको मृत्यु भइसकेका र बुवा जेलमा रहेका चार बच्चाको बिचल्ली भएको छ।
नरहरिनाथ गाउँपालिका– ९ लालु भाटगाउँकी ३२ वर्षकी रामपुरा बुढा (बोहरा) को मृत्यु हुँदा उनका चार जना बालबच्चा बिचल्लीमा परेका हुन्।
बुढा (बोहोरा)को घरमा नै बिरामी भएर २ असारमा जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
बाबु ३७ वर्षका दुर्गबहादुर बोहरा (दोभान) करीब २ वर्षअघि हात-हतियार निर्माणको मुद्दामा पक्राउ परेर जिल्ला कारागारमा कालिकोटमा छन्।
आमाको साहरामा हुर्किरहेका उनका १२ वर्षीय छोरी बिना बोहरा, १० वर्षकी छोरी ममता बोहरा ८ वर्षको छोरा विशाल बोहरा र ६ वर्षको छोरा प्रवीन बोहरा बिचल्लीमा परेका हुन्।
आमाको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकाहरू अहिले आफन्तको घरमा बसिरहेको नरहरिनाथ गाउँपालिका –९ का वडाध्यक्ष प्रदिप बोहराले जानकारी दिए।
Facebook Comment
Comment