मानसिक रूपमा खुशी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैनः शिक्षामन्त्री पौडेल

नेपालभ्युज

मानसिक रूपमा खुशी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैनः शिक्षामन्त्री पौडेल

भक्तपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुशी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा उनले भने, “प्रकृतिको नाशासाधन गर्नसक्दैनौं, त्यसैले योग महत्वपूर्ण हो।”

प्रकृतिले उपहारस्वरुप मानव जीवन दिएकाले भन्दै उनले प्राप्तिका लागि तछाडमाछाड गरी मानिसहरू हिँडिरहेका बताए। प्रकृतिमा बाँच्नका निम्ति वनस्पति र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरू उपलब्ध गराएको उनले बताए। प्रकृतिसँग समाउन सक्नुपर्नेमा उनले जोड दिए।

“योग भन्नेबित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो। आज परिस्थति बदलिएको छ। योग भनेको मानव जीवनसँगै लगेर जाने हो”, उनले भने, “पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं। आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved