मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

नेपालभ्युज

मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
फाइल तस्वीर

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मूल्यवृद्धिबारे जवाफ दिन माग गरेपछि सभामुख सापकोटाले मूल्यवृद्धिबारे आफ्नो ध्यानकर्षण भएको भन्दै जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्।

बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनेको बताइन्। ‘‘यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था आइलाग्यो ? यस विषयमा मन्त्रीले जवाफ दिनुपर्छ’’, उनले भनिन्, ‘‘जवाफ आएपछि मात्रै सदन चल्न सक्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved