कमल थापाले गरे काठमाडौं महानगर प्रमुख बालेनको प्रशंसा

थापाले काठमाडौंको समग्र विकासको निम्ति मेयर साहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय भएको उल्लेख गरेका छन्।

नेपालभ्युज

कमल थापाले गरे काठमाडौं महानगर प्रमुख बालेनको प्रशंसा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रशंसा गरेका छन्। थापाले महानगरको नीति तथा कार्यक्रमको विषयलाई लिएर साहको प्रशंसा गरेका हुन्।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत महानगरको नीति तथा कार्यक्रमले संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको भन्दै मेयर साहको प्रशंसा गरेका हुन्। उनले ती योजनाहरु राम्रो लागेको बताए।

थापाले मानिसमा आशा र आकांक्षा असीमित हुने भन्दै अहिले महानगरको कार्यक्रम राम्रो आएको बताए। थापा लेख्छन्, ‘यो पनि, त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो।’

थापाले काठमाडौंको समग्र विकासको निम्ति मेयर साहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय भएको उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved