नक्कली मृत्यु दर्ता बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जना पक्राउ

नेपालभ्युज

नक्कली मृत्यु दर्ता बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विदेशमा बसेका एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ।

ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासीमाया श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

उनीहरूले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महत्तोले जानकारी दिए।

जग्गा बिक्री गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र नक्कली विवाह दर्ता प्रमाणपत्र पेश गरेर नक्कली छोरी पनि खडा गरेको अनुसन्धानबाट खुलेको महत्तोले बताए। लामो समय नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउ खोज्दा आफ्नो नाममा नभएको पाइएपछि ब्युरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महत्तोले जानकारी दिए।

पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको ब्युरोले जानकारी गराएको छ। पक्राउ परेका व्यक्तिहरूको बारे थप अनुसन्धान समेत भइरहेको ब्युरोको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved