काबुलस्थित गुरुद्वारमा बम विस्फोट

विस्फोट हुँदा गुरुद्वारभित्र ३० जना मानिस रहेकोमा कसैको पनि अवस्थाबारे जानकारी बाहिर आएको छैन।

नेपालभ्युज

काबुलस्थित गुरुद्वारमा बम विस्फोट
फाइल फोटो

एजेन्सी। काबुलस्थित एउटा गुरुद्वार (शिख मन्दिर)मा बम विस्फोट भएको छ।

शनिवार बिहानै भएको विस्फोटको क्षतिबारे अहिलेसम्म बाहिरिएको छैन। विस्फोट हुँदा गुरुद्वारभित्र ३० जना मानिस रहेका थिए। तीमध्ये कसैको पनि अवस्थाबारे यकिन जानकारी बाहिरिनसकेको गुरुद्वारका अध्यक्ष गुरनाम सिंहले रोएटर्सलाई बताएका छन्।

‘‘विस्फोट हुँदा गुरुद्वारभित्र ३० जना मानिस थिए, तीमध्ये कति जना जीवित छन् वा कति हताहत भए हामीलाई थाहा छैन,” उनले भनेका छन्।

स्थानीय टेलिभिजन टोलोले गुरुद्वारबाट धुवाँको बाक्लो मुस्लो उडेको दृश्य प्रशारण गरेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved