नबिल बैंकले ल्यायो पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

नेपालभ्युज

नबिल बैंकले ल्यायो पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

काठमाडौं। नबिल बैंकले पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ल्याएको छ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायीहरुको वित्तिय आवश्कता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित बैंकले नयाँ कर्जा योजना ल्याएको हो।

यस कर्जा योजना अन्तर्गत साबिकको भन्दा शून्य दशमलव ५ प्रतिशत (०.५%) कममा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुँचमा जोड दिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved