एसपीपीबारे प्रधानमन्त्रीसँग कांग्रेस सांसदले मागे जवाफ

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को वास्तविकताबारे तत्काल संसद्मा जानकारी गराउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले एसपीपीबारे एसपीपीबारे आपत्ति जनाउँदै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रम शेरबहादुर देउवालाई संसद्मा आजै जानकारी गराउन आग्रह गरेका हुन्।

नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने उनको भनाइ छ। ‘‘एसपीपीबारे सबै पक्षबाट फरक फरक धारणा आएका छन्। सरकारले आजै एसपीपी सम्झौताबारे संसद्मा जानकारी दिनुपर्छ।’’

उनले कुनैपनि राष्ट्रसँग नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने तर्क गरे। ‘‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो। तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन’’, सांसद थापाले भनेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि एसपीपी सम्झौताको विरोध गर्दै नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ। आजको संसद् बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्मा जवाफ दिन माग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved