केही दिनभित्रै सबै फोहोर उठ्छ, अब अवरोध हुँदैन- काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले केही दिनभित्रै सडकका सबै फोहोर व्यवस्थापन हुने दाबी गरेको छ। महानगरका अनुसार फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यमा केही अवरोध छैन।

नेपालभ्युज

केही दिनभित्रै सबै फोहोर उठ्छ, अब अवरोध हुँदैन- काठमाडौं महानगरपालिका

काठमाडौं। काठमाडौं महानगरपालिकाले केही दिनभित्रै सडकका सबै फोहोर व्यवस्थापन हुने दाबी गरेको छ। महानगरका अनुसार फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यमा केही अवरोध छैन।

शनिबार करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ। यस्तै शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो। त्यसपछि बिहीबार मध्यरात फोहोर फाल्ने विषयमा सहमति भएको थियो।

साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले भने, “‘यही गतिमा काम हुने हो भने केही दिनमै सहरका सडक सफा हुनेछन्।”

यसअघि नुवाकोट र धादिङमा रहेको ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको पटक–पटकको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रुपमा व्यवस्थापन हुन सकेको थिएन। फोहोर फाल्न नसक्दा सडक किनारमा फोहोर थुप्रिने र बेलाबेला व्यवस्थापन हुने गरेको थियो।

सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि ११ जेठदेखि बञ्चरेडाँडाको नयाँ ल्यान्डफिल साइटमा फोहोर फाल्न थालियो।

त्यहाँ पनि स्थानीयले जग्गा अधिग्रहण गर्नुपर्नेदेखि विभिन्न पूर्वाधार बनाउनुपर्ने माग गर्दै अवरोध गरे। अब पछिल्लो सहमतिपछि फोहोर फाल्न अवरोध नहुने काठमाडौं महानगरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved