कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको छैन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्री बनाउने आश्वासन नदिएको स्पष्ट पारेका छन्।

नेपालभ्युज

कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको छैन : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्री बनाउने आश्वासन नदिएको स्पष्ट पारेका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कुनै पनि दलका नेतालाई आफूले प्रधानमन्त्री बन्न आग्रह नगरेको बताए।

यस्तै उनले आगामी संघीय र प्रदेश निर्वाचनमा जनताले पार्टीलाई अत्यधिक मत दिएर विजयी बनाउने दाबी गरे। उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको भन्दै आगामी संसदीय निर्वाचनमा अन्य कुनै पार्टीसँग गठबन्धन नहुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved