सार्वजनिक शौचालयको लागि साथ दिने निजी संस्था बढ्दै

काठमाडौं महानगरपालिका क्षेत्रमा निजी साझेदारीमा सार्वजनिक प्रयोजनका लागि शौचालय खुला हुन थालेको छ। होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको हो।

नेपालभ्युज

सार्वजनिक शौचालयको लागि साथ दिने निजी संस्था बढ्दै

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रमा निजी साझेदारीमा सार्वजनिक प्रयोजनका लागि शौचालय खुला हुन थालेको छ। होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको हो।

महानगरको नगर कार्यपालिकाको १६ जेठको बैठकले काठमाडौंभित्रका होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय भएको थियो। सो आह्वान अभियानमा साथ दिने निजी क्षेत्रहरू बढ्न थालेका छन्।

सार्वजनिक शौचालय बनाउने विषयमा नबिल बैंकले बुधबार महानगरसँग सम्झौता नै गरेको छ । यो पहिलो सम्झौता हो।
नबिलले बैंकले काठमाडौं महानगरभित्रका आफ्नो केन्द्रीय कार्यालय र १७ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो।

यस्तै ठमेलमा रहेको छायाँ सेन्टरले बिहीबार विज्ञप्ति जारी गर्दै भवनमा रहेका १२ वटै शौचालय सार्वजनिक प्रयोजनका लागि खुला गर्ने जनाएको छ ।

सेन्टरका सञ्चालक सुमन पाण्डेले महानगरको ‘निःशुल्क शौचालय’ अभियानलाई साथ दिन यस्तो घोषणा गरिएको बताए। यस्तै मोटरसाइकल व्यापार कम्पनी होन्डा सोरुमले पनि  शौचालय निःशुल्क प्रयोग गर्न दिने घोषणा गरिसकेको छ।
निःशुल्क शौचालय प्रयोग गर्न आह्वान गर्ने अभियानमा साथ दिने निजी क्षेत्रहरू बढ्न थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved