थप २२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६ सय ५५ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ९८ एन्टीजेन परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण विगत २४ घण्टाको अवधिमा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ७१ जना निको भएका छन्। हाल नेपालमा १ सय १२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved