युक्रेन युद्ध : ९४ देशले खाद्य संकट झेल्नुपर्ने संयुक्त राष्ट्रसंघको चेतावनी

नेपालभ्युज

युक्रेन युद्ध : ९४ देशले खाद्य संकट झेल्नुपर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
फाइल फोटो

न्यूयोर्क। रूस–युक्रेन युद्धका कारण ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।

लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा संकट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ।

राष्ट्रसंघीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान गरेको छ। आगामी वर्ष खाद्यान्न संकट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ।

“यदि युद्ध जारी रह्यो, अनाज र मलको उच्च मूल्य आगामी खेती याममा पनि निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्न उपलब्धता घट्ने तथा थपिने ऊर्जा संकटले अर्बौ नराम्ररी प्रभावित हुने छन्,”प्रतिवेदनमा भनिएको छ।

महासचिव एन्टोनियो गुटरेसले युक्रेन युद्धको प्रभावले जीवनयापनको गम्भीर संकट सिर्जना गरेको र त्यसबाट कुनै पनि देश वा समुदाय उम्कन नसक्ने बताएका छन्। खाद्य सुरक्षा, ऊर्जा र वित्तपोषणमा द्वन्द्वको प्रभाव घटाउन महासचिवले आफ्ना नागरिकहरूको जीवन र जीविकोपार्जन जोगाउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved