गठबन्धनले धोका दियो, एक्लै लडे धेरै ठाउँ जित्थ्यौँ : माधव नेपाल

नेपालभ्युज

गठबन्धनले धोका दियो, एक्लै लडे धेरै ठाउँ जित्थ्यौँ : माधव नेपाल
फाइल फोटो

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको बताएका छन्।

बुधबार काठमाडौंमा पार्टी विद्यार्थी जिल्ला विशेषको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको र आफ्नै बलमा चुनाव उठेको भए धेरै स्थान जित्ने दाबी गरे।

उनले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी निर्माण कार्यलाई तिव्रता दिने बताए। गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्नुपर्ने र गठबन्धन कायम राख्नुपर्ने धारणा उनले राखे।

त्यस्तै पार्टीका मन्त्रीहरू परिवर्तनमा विषयमा कोही पनि असन्तुष्ट नरहेको दाबी उनले गरे। नेकपा एसमा मात्रै नभएर मन्त्री परिवर्तन गर्ने दबाब अरु दलमा पनि आएको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved