थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार १ सय २१ पिसिआर परिक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण थप ८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना निको भएका छन्।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved