त्रिवि मानविकी संकायमा चरम लापरवाही : राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि हुबहु

स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषय पनि अलग हुन सकेन।

नेपालभ्युज

त्रिवि मानविकी संकायमा चरम लापरवाही : राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि हुबहु

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को चरम लापरवाही गर्दै आएको छ। स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषय पनि अलग हुन सकेन।

२३ जेठमा सञ्चालित स्नातकोत्तर तहतर्फ पहिलो सेमेष्टरको राजनीतिशास्त्र विषयतर्फ अन्तर्राष्ट्रिय राजनीति (इन्टरनेशनल पोलिटिक्स–५५३) विषयको अन्तिम परीक्षमा अघिल्लो वर्षको प्रश्नपत्र आएपछि विद्यार्थीहरु अलमलमा परेका छन्।

सामान्यतया अक्लझुक्कल एकाध प्रश्न दोहोरिन गएपनि पूरै सेट नै एउटै हुनुले नियतवश र नियोजित रुपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरिएकोप्रति गम्भीर हुनु जरुरी छ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भइरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरु सबै मेल खाएको घटनाले प्रश्नपत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ।

सम्बन्धित विषय समितिको अध्यक्षसमेत रहेका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारीसमेत प्रश्नपत्र दोहोरिएकोप्रति जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारी बताउँछन्।

मानविकी डीन कार्यालयमा अत्यन्तै न्यून संख्यामा कर्मचारीहरु रहेकोले समयमै परीक्षा र नतिजासम्बन्धी कार्यहरु हुन सकिरहेको छैन। सीमित कर्मचारीको भरमा परीक्षा सम्बन्धी कार्यहरु गर्नुको भित्री रहस्य अनियमित कार्यमा लिप्त रहनुले पनि हो कि भन्ने आशंका पैदा गरेको छ।

अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीनओटै प्रश्नपत्र हुबहु मिलेको छ। दोस्रो खण्डको ५÷५ नम्बरको १० वटा प्रश्नहरु क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ।

२०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं.को ६ मा, १२ नं.को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं.मा सोधिएको छ। ५ र १३ क्रमसंख्या भने उही रहेको छ।

सन् २०२० र २०२१ को प्रश्नपत्र जस्ताको तस्तैः

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved