नाडा अटो शो भदौ ७ देखि, विद्युतीय सवारीको विशेष प्रदर्शनी हुने

नाडा अटोमोबाइल्स अशोसियसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म राजधानीमा ‘नाडा अटो शो २०२२’ आयोजना गर्ने भएको छ।

नेपालभ्युज

नाडा अटो शो भदौ ७ देखि, विद्युतीय सवारीको विशेष प्रदर्शनी हुने

काठमाडौँ। नाडा अटोमोबाइल्स अशोसियसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म राजधानीमा ‘नाडा अटो शो २०२२’ आयोजना गर्ने भएको छ। अशोसिएसनले एक विज्ञप्ति जारी गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा यस वर्षको अटो शो हुने जानकारी दिएको हो।

कोभिड संक्रमण जोखिमका कारण दुई वर्षदेखि स्थगित १५औँ संस्करणको प्रदर्शनीका लागि जेठ २६ गतेदेखि स्टल बुकिङका लागि रजिस्ट्रेसन खुल्ला गरिने छ। प्रदर्शनीमा दुई पाङग्रे, चार पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट एवं ग्यारेज उपकरणहरूलाई समूह अनुसार छुट्ट्याइएको हुँदा सोही अनुरूप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाले भाग लिन सक्नेछन्। प्रदर्शनीका लागि सीमित ठाउँ र प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि अघिल्लो वर्षझैँ गोला प्रथाद्वारा स्टल उपलब्ध गराइने भएको छ।

कोभिड जोखिमले प्रभाव परेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा नाडा अटो शो २०२२ ले उद्योगी, व्यापारी एवं उद्यमीहरूमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ ऊर्जा थप्न सक्ने आयोजकको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved