बङ्गलादेशको एक डिपोमा आगलागी र विस्फोटमा कम्तीमा ३४ जनाको मृत्यु

बङ्गलादेशको एक डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ। सयौँ जना घाइते भएका छन्।

नेपालभ्युज

बङ्गलादेशको एक डिपोमा आगलागी र विस्फोटमा कम्तीमा ३४ जनाको मृत्यु
सांकेतिक तस्वीर ।

एजेन्सी। बङ्गलादेशको एक डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ। सयौँ जना घाइते भएका छन्। बङ्गलादेशको दक्षिणी शहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा आगलागी भई विस्फोट भएपछि ठूलो मानवीय क्षति भएको हो।

आगलागी नियन्त्रणका लागि वारुणयन्त्र आउनुअघि नै विस्फोट भएको हो। त्यस क्रममा तीन जना अग्नि नियन्त्रण र प्रहरीको पनि मृत्यु भएको समाचार छ। घटनामा घाइते भएकामध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको बीबीसीले जनाएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुल्न सकेको छैन। भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएकोले ठूलो आगलागी र विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ। विस्फोटका कारण नजिकका धेरै घरहरूमा समेत क्षति पुगेको छ।

आगलागी ठूलो भएकाले शनिबार लागेको आगो आइतबारसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। उक्त डिपोमा करिब छ सय मानिसले काम गर्ने गरेकोले मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved