ओमानसँग हार्‍यो नेपाली फुटबल टिम

एएफसी एसियन कप छनोटको तयारीका लागि अहिले नेपाली टिम कतारमा रहेको छ। त्यहाँ नेपाली टोलीले तीन अभ्यास खेल खेलिसकेको छ।

नेपालभ्युज

ओमानसँग हार्‍यो नेपाली फुटबल टिम

काठमाडौं। कतारमा भएकोृ अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ। ओमानसँग भएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालसँग पराजित भएको हो।

कतारको सुहिम बिन हामद रंगशालामा गएराति भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित भएको छ। ओमानका लागि ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे।

एएफसी एसियन कप छनोटको तयारीका लागि अहिले नेपाली टिम कतारमा रहेको छ। त्यहाँ नेपाली टोलीले तीन अभ्यास खेल खेलिसकेको छ।

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल २ बराबरी तथा एक खेलमा पराजित भएको छ। नेपालले टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो भने श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोली कतारबाटै कुवेत जानेछ। छनोटका खेलहरु ८ देखि १४ जुनसम्म हुनेछन्।

छनोटअन्तर्गत नेपाल समूह ’ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved