पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाएर पुग्दैन : सांसद पहाडी

सांसद गणेशकुमार पहाडीले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएर नहुने बताएका छन्।

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाएर पुग्दैन : सांसद पहाडी

काठमाडौं। सांसद गणेशकुमार पहाडीले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएर नहुने बताएका छन्।

शुक्रबार संघीय संसद्मा पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुहरुको मूल्यवृद्धिबारे संसदमा छलफल गर्न दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पहाडीले

‘‘यो सरकारले कानून मिचेर पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। हामीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि सरकार पुनर्विचार गर्न बाध्य भयो र हिजो मात्र पेट्रोलियम पदार्थको मूल्य फेरि समायोजन गर्दै १० रुपैयाँ घटाएको छ’’, उनले भने, ‘‘पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ मात्र घटाएर पुग्दैन।’’

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी बिहीबार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर सरकरले घटाएपछि निगमले मूल्य समायोजन गरेको हो। हिजो मात्र भारतीय आयल निगमले नेपाललाई दिने पेट्रोलमा ८ रुपैयाँ बढाइएको मूल्यसूची पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved